बैशाख २८, २०८१, शुक्रबार
               

बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई चिन्न भट्टराईको आग्रह

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई चिन्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रेहका उनले शुक्रबार एक ट्विट गर्दै यस्तो आग्रह गरेका हुन् । 

उनले पूर्वराजदूत तथा नेकपा केन्द्रीय सदस्य कमानसिंह लामाले जीवनको अन्तिम क्षणमा सामाजिक सञ्जालमार्फत् खुलासा गरेको विषयप्रति लक्षित गर्दै उनले सो आग्रह गरेका हुन्। 

पूर्वसांसदसमेत रहेका लामाको बिहीबार कोरोना संक्रमणबाट निधन भएको थियो । उनले एक साताअघि भावुक स्टाटस पोस्ट गरेका थिए । श्रीमतीलाई संवोधन गरेर उनले एक नेताको नाम उल्लेख नगरी आर्थिक कारोबारबाट घरबार बिगारेको उल्लेख गरेका थिए । 

सेयर कारोबारमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मध्यस्तता गरेको भन्दै एक भिडियो पनि बाहिरिएको छ । तर, प्रवक्ता श्रेष्ठले सो भिडियोलाई लामाको घरायसी मामिलासँग जोडेर आफूलाई बदनाम गराउन खोजेको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि