जेठ ०२, २०८१, बुधबार
               

विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडाैं । सरकारले दरबन्दी थप गरेको नेपाल प्रहरीको एआइजीमा विश्वराज पोखरेललाई बढुवा गर्ने निर्णय गरेकाे छ ।

बिहिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् नियमित बैठकले उक्त निर्णय गरेकाे हाे ।

बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिकाे बैठकले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप्ने सरकारको निर्णयप्रति गृहमन्त्री राम बहादुर थापा बादललाई निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियाे ।

गृहसचिव नेतृत्वको बढुवा समितिको बैठकले पोखरेललाई एआइजीमा सिफारिस गरेको थियाे । गृहसचिवको अध्यक्षताको बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र नेपाल प्रहरीका प्रमुख सदस्य सचिव रहन्छन् ।

हालैमात्र सरकारले एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप गरेको हाे । उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार भएकाले सरकारले पोखरेल नेपाल प्रहरीको प्रमुख बन्ने सहज बाटो खोल्नका लागि दरबन्दी थपेको भन्दै आलोचना समेत भएको थियो ।

एआइजीमा बढुवा गरेर भावी आइजिपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो साता गृहमन्त्री थापालाई समेत थाहै नदिइ एआइजीको दरबन्दी थप गरेको बताइएकाे छ ।

पोखरेलसँगै उनको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह लगायत पनि महानिरीक्षकका लागि दाबेदार मानिएका थिए । यसअघि पोखरेल डिआइजीमा पनि एक्लै बढुवा भएका थिए ।

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलकै दबाबमा १९ वैशाख २०७६ मा एसएसपीबाट पोखरेललाई डिआइजीमा बढुवा गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि