जेठ ०३, २०८१, बिहीबार
               

हत्या गरिएका शिक्षक श्रेष्ठको शव धरान लगियो

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।

सुराकी गरेको आरोपमा हत्या गरिएका ती  शिक्षकको शव पोस्टमार्टमका लागि धरान लगिएको हो । मंगलबार मोरङको मिक्लाजुङस्थित आफ्नै घरबाट अपहरण गरेर घाँटी रेटी हत्या गरिएको थियो । 

मंगलबार साँझ नै समूहको मेची–कोशी व्युरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै घटनाबारे जिम्मेवारी लिएका छन् । पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाउँदै सम्झाउन जाने क्रममा हतियार लिएर आइलागेकाले घटना भएको उसको दाबी छ ।

तर, प्रत्यक्षदर्शीले भने हतियारसहित आएका चार जनाले शिक्षक श्रेष्ठलाई लगेको देखेको बताएको छन् । प्रहरीले पनि समूहले हात बाँधेर हत्या गरेको पाइएको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि