जेठ ०७, २०८१, सोमबार
               

समस्याको निकास यसरी हुन्छ, आँट गरौं : बाबुराम भट्टराई

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देखिएका सबै संकटको निकास प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिका संसद भएको दोहोर्‍याएका छन् ।

दुई तिहाइको सरकारमा देखिएको संकट, भ्रष्टाचारको नयाँ रेकर्ड, जनताको असन्तुष्टि र प्रतिगामीहरुको चलखेल रोक्ने बाटो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद भएको उनको तर्क छ ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले सक्षम र स्थिर नेतृत्व दिने र पूर्ण समानुपातिक संसदले सबै समुदायको प्रतिनिधित्व गर्ने र चुनावी खर्च पनि कम गर्ने भएकाले यसका लागि सबैले आँट गर्नुपर्ने बताएका छन् ।

ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘ऐले २/३ सरकारको संकट, भ्रष्टाचारको नयॉ रेकर्ड, जनताको असन्तुष्टि, प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज हो: प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली (जसले सक्षम/स्थिर नेतृत्व दिनेछ) । पूर्ण समानुपातिक संसद- जसले सबै समुदायको प्रतिनिधित्व, चुनावी खर्च कटौती गर्नेछ) ! सबैले आँट गरौं !’ 


कस्तो लाग्यो ?

यो पनि