काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आज शनिबार शक्ति प्रदर्शन गरिएको छ ।
प्रदर्शनको नेतृत्व राप्रपा सांसद राजेन्द्र लिङ्देनले गरेका थिए । काकडभिट्टाबाट सुरू भएको र्याली बिर्तामोडमा आएर सभामा परिणत भएको थियो ।