चितवन । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा आज (शनिबार) नेपाली झण्डा सहितको बृहत र्याली तथा प्रदर्शन भइरहेको छ ।
राष्ट्रवादी नागरिक समाज चितवनले युवाहरुको राजसंस्था प्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले र्यालीको आयोजना गरेको जनाएको छ ।
बिहान ११ बजेदेखि सुरु भएको र्याली भरतपुरको केन्द्रीय बस र्टमिनल–हाकिमचोक–चौबीसकोठी–वीरेन्द्र क्याम्पसचोक–लायन्सचोक–शहिदचोक–पुलचोक–पोखराबसपार्क–आँपटारी हुदैँ पुनः केन्द्रीय बस टर्मिनलमा गएर कोणसभामा परिणत भएको छ ।
र्यालीमा चितवनका दसौं हजारौं देशभक्त स्वतन्त्र युवाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पछिल्लो समय राजतन्त्र पुनः स्थापनाको माग गर्दै मुलुकका विभिन्न स्थानमा दैनिकजसो प्रदर्शन भइरहेका छन् ।
हातमा राष्ट्रिय झण्डा बोकेर युवाहरु राजतन्त्र र दिन्दु राष्ट्रको पक्षमा नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका छन् ।
यो पनि (रोयल वाचबाट साभार)
काठमाडौं
झापा
काठमाडौं