बैशाख ११, २०८१, मंगलबार
               

तीन जिल्लामा राजसंस्थाको मागसहित प्रदर्शन गरिँदै

नेपाल फ्ल्यास
मंसिर २०, २०७७

ADVERTISEMENT

काठमाडौं । देशका विभिन्न भागमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापनाको माग गर्दै आज शनिबार प्रदर्शन हुँदै छन् ।

तीन जिल्लामा हुने प्रदर्शनमा आयोजकहरू अलगअलग रहने छन् ।

काठमाडौंमा हुने प्रदर्शन तथा सभामा वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सम्बोधन गर्दै छन् ।

उता, झापामा राप्रपाबाट जनचिर्वाचित सांसद राजेन्द्र लिङदेनले बोल्ने कार्यक्रम छ । बिर्तामोडमा हुने सभा ठूलो संख्यामा जनसहभागिता हुने आयोजकहरूले जनाएका छन्।

यसैगरी चितवनमा पनि शिवसेना नेपालको अगुवाइमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित विशेष र्‍याली तथा सभा हुँदै छ । भरतपुरमा हुने सभामा शिवसेना नेपालका नेता बसन्त विक्रम पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि