बैशाख २१, २०८१, शुक्रबार
               

उपप्रधानमन्त्री पोखरेल पुगे शीतल निवासमा

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल राष्ट्रपति निवास पुगेका छन् । 

पोखरेल यसअघि बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका थिए ।

प्रचण्डसँगको वारपारको लडाईँमा उत्रिएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने नेता शुक्रबार पोखरेल शीतल निवास पुगेका हुन् ।

पार्टी कमिटीको बहुमतको निर्णय छलेर आफ्नो जित सुनिश्चितताका लागि ओलीले कसरत तीव्र पारेका छन् ।

ओलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घण्टा छलफल गरेका थिए । ओलीले आफ्नो विरोधी समूहलाई पनि फकाउने प्रयास जारी राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि