जेठ ०५, २०८१, शनिबार
               

प्रचण्ड पनि पुगे शीतल निवास

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका हुन् । 

नेकपाभित्र विवाद बढ्दै जाँदा प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए । 

प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच करिब दुई घण्टा भेटवार्ता भएको थियो । 

राष्ट्रपति र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ । 

आजको भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा बढेको विवादबारे चासो राखेको बुझिएको छ ।


कस्तो लाग्यो ?

यो पनि