चैत १६, २०८०, शुक्रबार
               

राजसंस्थाको माग गर्दै काठमाडौंमा प्रदर्शन

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं । राजसंस्थाको माग गर्दै काठमाडौंमा जुलुस प्रदर्शन भएको छ । 

पूर्वमन्त्री केशरबहादुर विष्ट नेतृत्वमा भएको प्रदर्शनमा उल्लेख्य संख्यामा मानिसहरू सहभागी भएका छन् । जुलुस राजधानीको माइतिघर मण्डलाबाट सुरु भएर नयाँ बानेश्वरतर्फ गइरहेको छ । 

बानेश्वरमा हुने भनिएको सभामा पूर्वमन्त्री विष्ट, दीपक ज्ञवाली र श्रीशसम्सेर जबरालगायतले सम्बोधन गर्ने बताइएको छ ।

राजसंस्थाको माग गर्दैयसअघि विराटनगर, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीलगायतका स्थानमा प्रदर्शन भइसकेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि