बैशाख १२, २०८१, बुधबार
               

काठमाडौंमा भोलि राजसंस्थाको माग गर्दै प्रदर्शन गरिँदै

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै भोलि सोमबार काठमाडौंमा वृहत् प्रदर्शनको तयारी गरिएको छ । 

पूर्वमन्त्री केशरबहादुर विष्टको अगुवाइमा भोलि प्रदर्शन गर्न लागिएको हो । काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहित प्रदर्शन गर्ने र नयाँ बानेश्वर क्षेत्रमा सभा गर्ने तयारी रहेको बताइएको छ । 

विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालले गर्ने कार्यक्रममा उनीसहित पूर्वमन्त्री दीपक ज्ञवाली, श्रीशसम्सेर राणा, विपिन कोइरालालगायतले सम्बोधन गर्ने तय भएको विश्व हिन्दु महासंघको महासचिव अस्मिता भण्डारीले जानकारी दिइन् ।

गणतन्त्र स्थापनायता मुलुक झन् अन्धकारमा धकेलिएको र जनताको जीवनस्तर झनझन कमजोर हुँदै गएको भन्दै उनले मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना अपरिहार्य रहेको बताइन् ।

पूर्वमन्त्री विष्टले भोलिको सभामा सहभागी हुन समस्त राष्ट्रवादी, राजावादी संस्था तथा व्यक्तिहरूलाई आह्वान गरेका छन् ।

यसअघि पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, विराटनगर लगायतका स्थानमा राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि