जेठ ०७, २०८१, सोमबार
               

'गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ'

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन् ।

केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि शनिबार विहान डा. भट्टराईले युवासँग यस्तो आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, 'युवासँग आग्रह - गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भरौं । नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् ।'

अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वॉसो बिर्सन नहुने उनको भनाइ छ । उनले थप लेखेका छन्, 'अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं । दुबैसँग लडेर अघिजाने साहस गरौं ।'


कस्तो लाग्यो ?

यो पनि