काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ ।
वार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले दुई देशबीच देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा पनि छलफल गरिएको शृंगलाको भनाइ छ ।
वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृङ्गला सहभागी थिए । भारतीय विदेश सचिव श्रृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि आज (बिहीबार) बिहान काठमाडौं आएपुगेका हुन् ।