जेठ ०४, २०८१, शुक्रबार
               

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमण गर्ने

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् ।

पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनको यो भ्रमणलाई मन्त्रालयले दुई देशबीचमा उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको बताएको छ ।

उनको भ्रमणको पहिलो दिन दुई देशका परराष्ट्र सचिवबीच दुईपक्षीय विषयहरुमा वार्ता गर्ने बताइएको छ । यसका अलवा सोही दिन श्री‌ंगलाले उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको बताए । 

भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरेर विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘भ्रमणको दौरानमा उनले नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाट गर्नेछन् । भेटमा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुनेछ ।’

 


कस्तो लाग्यो ?

यो पनि