जेठ ०५, २०८१, शनिबार
               

मैले तयार गरेको प्रतिवेदनका कारण पार्टी फुट्दैन: अध्यक्ष दाहाल

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले कात्तिक २८मा सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनले पार्टी फुटसम्म नपुग्ने बताएका छन् । 

एक स्रोतका अनुसार दाहाललाई भेट्न खुमलटार पुगेका उनीनिकट नेतासँग उनले यस्तो बताएका हुन् ।  स्रोतका अनुसार पार्टी फुट्नु हुँदैन भनी उनलाई सुझाव दिएपछि उनले यस्तो बताएका हुन् । 

मनमा कुरा गुम्साएर राख्नुभन्दा जानकारी भएकै राम्रो भन्दै उनले आफूले तयार पारेको प्रस्तावका आधारमा ओलीले ल्याएको प्रस्तावमाथि छलफल भई निर्णय हुने  बताएको सो स्रोतले जानकारी दियो । 

अहिले साझा प्रस्ताव आउने सम्भावना नरहेको पनि उनको भनाइ रहेको सो स्रोतले बतायो ।  एउटा प्रतिवेदन आइसकेपछि त्यसको जवाफ आउँदा नै समाधान खोज्न पनि सजिलो हुने उनको भनाइ रहेको सो स्रोतले बतायो ।


कस्तो लाग्यो ?

यो पनि