जेठ ०५, २०८१, शनिबार
               

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र राजदूत यान्छीबीच भेटवार्ता

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

नेकपामा विवाद उत्पन्न विवादका कारण पार्टी एकता संकटमा  परेका बेला अध्यक्ष दाहाल र राजदूतबीच सोबार भेटवार्ता भएको हो । राजदूत यान्छी अध्यक्ष दाहाललाई भेट्न दाहाल निवास खुमलटार नै गएकी थिइन् । 

जतिबेला नेकपाभित्र संकट उत्पन्न हुन्छ त्यतिबेला सक्रिय हुने गरेकी यान्छीले यसअघि राष्ट्रपति भण्डारी र  नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन् । यसैक्रममा सोमबार चिनियाँ राजदूत यान्छी प्रचण्ड निवास खुमलटा पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताइएको छ । भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सी जिनपिनले लेखेको पछिल्लो किताब दाहाललाई उपहार दिएकी छन् ।

अध्यक्ष दाहालले अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव सचिवालय बैठकमा पेस गरेपछि उत्पन्न विवाद समाधानका लागि १३ गते सचिवालय बैठक १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यो बीचमा अध्यक्ष ओली दाहालले सचिवालय बैठकमा पेस गरेको प्रस्तावको जवाफी प्रस्ताव तयारमा जुटेका छन् । 


कस्तो लाग्यो ?

यो पनि