जेठ ०७, २०८१, सोमबार
               

नेकपा विवाद : बाबुराम भट्टराईको यस्तो सल्लाह

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी द्वन्द्वलाई ‘कुलिङ’ होइन, ‘हिटिङ पिरियड्र भन्नुपर्ने सल्लाह दिएका छन् ।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको टक्कर उत्कर्षमा पुगेका बेला डा. भट्टराईले नेकपाभित्रका केहीले ‘कुलिङ पिरियड’को कुरा गरेको बुझिएन भन्ने प्रतिक्रिया दिएका हुन् । डा. बाबुराम भट्टराई जनयुद्धका बेला प्रचण्डका सहयोद्धा हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘द्वन्द्ववादको नियमले त एकता–संघर्ष–रूपान्तरणको कुरा पो गर्छ त ! अझै माओ त ठूलो माछाले सानो माछा निल्नु रूपान्तरण हो भन्थे । धर्मशास्त्रले पनि संघर्षबाटै असत्यमाथि सत्यको जितको कुरा गर्छ । त्यसैले कुलिङको सट्टा हिटिङ भन्नुपर्ने हैन र ?’


कस्तो लाग्यो ?

यो पनि