बैशाख १२, २०८१, बुधबार
               

एक एआइजी र पाँच डिआइजीको दरबन्दी थपका लागि स्वीकृत

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्न स्वीकृत दिएको छ । 

गृृह मन्त्रालयले पाँच डिआइजीको दरबन्दी थप्नुपर्ने रायसहित स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएपछि सरकारले एआइजीको दरबन्दीसमेत थप गर्न स्वीकृत दिएको छ । 

एआइजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि ओएण्डएम स्वीकृत हुन सकेको थिएन । दरबन्दी थपसम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयले जानकारी दिएको छ । 

प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक आठ गरी २२ जना डिआइजी छन् ।


कस्तो लाग्यो ?

यो पनि