बैशाख २८, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीलाई हटाउनैपर्छ : बाबुराम भट्टराई

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । 

ओली सरकारको असफलताबारे उनकै पार्टीले समेत लिखित आरोप लगाएपछि हटाउनै पर्ने उनको भनाइ छ । ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य, जनताका मुद्दा प्रतिपक्षी दल जनताले उठाउनैपर्छ है’–उनले ट्वीट गरेका छन्–‘१. राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन २. ओली सरकारको असफलता, भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’


कस्तो लाग्यो ?

यो पनि