जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्री ओली समस्यामा, राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीको चासो

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्ता हातमा लिइरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका बहुमत सदस्यहरु प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा खडा भएका छन् । यसैको कारण ओलीले आफ्नै पार्टीभित्र समस्या झेलेका छन् ।

त्यही समस्याको समाधान तथा विभिन्न विषयको लागि छलफल गर्न आज दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्ने भएको छ । तर, बैठक अगाडि नै राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले समेत चासो देखाएका छन् ।

हिँजो साँझ राष्ट्रपति भण्डारी र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भेट भएको थियो । त्यस भेटका क्रममा राष्ट्रपति भण्डारीले दुवई अध्यक्ष एकसाथ मिलेर पार्टी भित्रका विभिन्न विवादहरु सुल्झाएर अगाडि बढ्न अनुरोध गरेकी थिइन् ।

हिँजो राति नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पनि भेटवार्ता भएको थियो । बालुवाटारमा चिनियाँ राजदूत यान्छीसँग करिब दुई घण्टा भेट गरेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् ।

ओलीले त्यसभन्दा अगाडि पनि राष्ट्रपति भण्डारीलाई भेटेका थिए । केही दिन अगाडि राष्ट्रपति भण्डारीको नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामेदेव गौतमसँग पनि भेट भएको थियो ।

त्यस भेटमा पनि पार्टी भित्रकै समस्याबारे छलफल भएको स्रोतले जनाएको छ । नेकपा भित्र समस्या हुँदा राष्ट्रपति भण्डारी र राजदूत यान्छी धेरै चासो दिने गरिरहेका छन् । गत वैशाखको अध्यादेश प्रकरणपछि नेकपा विभाजनको मुखमा पुग्दा पनि राजदूत यान्छीले चासो दिएकी थिइन् ।

यस्तै समस्याका विषयमा छलफलको लागि आज दिउँसो नेकपाको सचिवालय बैठक बस्ने भएको हो । गत शुक्रबार बसेको सचिवालयको बैठकले नै आजको मिति तय गरेको थियो ।

तर, बैठकमा प्रचण्डले एकल प्रस्ताव पेश गरेको नेकपा स्रोतले जनाएको छ । त्यस प्रस्तावमा प्रचण्डले  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाएका छन् ।

यो पनि