जेठ ०५, २०८१, शनिबार
               

प्रचण्ड शितल निवासमा

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई शितल निवास बोलाएकी छन् । राष्ट्रपतिले बोलाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।

सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । अहिले उनीहरू बीच छलफल चलिहरहेकाे छ । नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा राष्ट्रपति र प्रचण्डबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग कात्तिक २९ गते लामो छलफल गरेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि