जेठ ०४, २०८१, शुक्रबार
               

गाई पूजा गर्दा दुःखी भए कमल थापा

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भएको बताएका छन् । 

आइतबार गाई तिहारको दिन सामाजिक सञ्जाल ट्विटरमा गाई पूजा गरेको तस्वीर राख्दै उनले राप्रपाको सर्वाधिक लोकप्रिय र उपयुक्त चुनाव चिह्न गाई नै रहेको बताएका छन् ।

हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीका लागि गाई चिह्न ठीक हुन्छ भनेर पार्टीका अरु अध्यक्षहरु पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई बुझाउन नसकेको पनि थापाले उल्लेख गरेका छन् ।

राप्रपा एकीकरणपछि हाल चुनाव चिह्न हलो राख्ने सहमति भएको छ । 

हलो चुनाव चिह्नमा सहमति जनाएका थापाले गाई तिहारको दिन गाई चिह्न गुमाउनुपर्दा भावविह्वल भएको पनि उल्लेख गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि