असोज ०६, २०८१, आइतबार
               

दुई अध्यक्षले एकअर्कालाई लेखेको पत्र बाँडेर सकियो नेकपा सचिवालय बैठक

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पाँच जनालाई लेखेको पत्र र कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच नेताले ओलीलाई लेखेको पत्र बाँडी मंसिर ३ मा अर्को बैठक बस्ने गरी टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

यसका अलवा उनले दुवै अध्यक्षले लेखेको पत्र र अन्तरपार्टी निर्देशिका केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बाँडिएको बताए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्ध ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको  जानकारी दिए । 

निकै विवादपश्चात् बसेको सो बैठक किरब ४० मिनटे बसेर सकिएको बैठक कर्णाली प्रदेशलगायतका सांगठानिक संरचनाभित्र देखिएको समस्या समाधान गर्ने विषयमा  आंशिक रुपमा केन्द्रित भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि