जेठ ०२, २०८१, बुधबार
               

आज ४ बजे नेकपाको सचिवालय बैठक, हाेला त सहमति ?

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज दिउँसो ४ बजे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । केही समय अगाडिदेखि पार्टी भित्रै विभिन्न विषयमा विवाद भएपछि आज सचिवालय बैठक बस्न लागेको हो ।

यस बैठक बोलाउने या नबोलाउने भन्नेबारे करीब एक महिना अगाडिबाट कस्साकस्सी हुँदै आएपछि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुश्पकमल दाहाल ‘प्रचण्ड’ दुबैको परामर्शको लागि अर्थमन्त्री तथा महासचिव विष्णु पौडेलले आज सो बैठक डाकेका हुन् ।

सत्तारुढ दल नेकपाको विधानमा दुई अध्यक्षको समन्वयमा महासचिवले बैठक बोलाउने व्यवस्था भएपनि दुई अध्यक्षबीच तत्कालै बैठक राख्ने विषयमा कुरा नमिलेपछि अध्यक्ष प्रचण्डसहित सचिवालयका ५ सदस्यले बैठकको लागि सहमती जनाउन ओलीलाई पत्र सुम्पिएका थिए । 

ओलीले आनाकानी गर्दै आएपछि प्रचण्ड बिहीबार नै बहुमत सदस्यको बैठक राख्न तत्पर भएका थिए । सहमतिबाट नै बैठक बस्ने भएपछि प्रचण्डले डाकेको बैठक स्थगीत भएको हो ।

आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीभित्रको आन्तरिक विवाद र सरकारको काम कारवाहीमा केन्द्रित रहने स्रोतले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि