बैशाख १५, २०८१, शनिबार
               

कांग्रेस सभापतिमा विमलेन्द्रलाई मिनेन्द्रको समर्थन

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सभापतिमा उपसभापति विमलेन्द्र निधि उम्मेदवारीमा समर्थन जनाएका छन् । नेता रिजालले सामाजिक सञ्जालमार्फत उपसभापति निधि अब सभापति उम्मेदवार हुँदा पार्टीभित्र गुटको विभाजन नदेखिने पनि बताएका छन् । 

‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुईभन्दा बढी उम्मेदवार हुन्छन् । पार्टी अहिले झैं दुईटा ध्रुवमा चर्को गरी विभाजित हुँदैन,’ उनले भनेका छन्, ‘त्यो सकारात्मक कुरा हो ।’

उनले उपसभापति निधि सफल हुने वा नहुने भन्‍ने कुरा अहिले नै परीक्षण र परखको गर्भमा रहेको बताएका छन्। ‘उहाँले सफलता प्राप्त गर्ने-नगर्ने र सफल भए बिनाभेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ,’ उनले उल्लेख गरेका छन् । 

उपसभापति निधि १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्‍ने तयारीमा छन् । उनले सभापति शेरबहादुर देउवालाई आफू सभापतिमा उठ्ने र सहयोग गर्न आग्रह गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि