जेठ ०४, २०८१, शुक्रबार
               

बाबुराम भट्टराई र कमल थापाबीच सामाजिक सञ्जालमा दोहोरी

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।

राप्रपा अध्यक्ष थापाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनि व्यक्त गरेको विचारमाथि पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले गोयबल्स शैली भएको टिप्पणी गरेका छन् ।

डा. भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको समेत नाम लिँदै आफूहरु क्रान्तिका अगुवा भएको र आफूहरु जीउँदो छँदै यस्तो झुट बोल्नु उपयुक्त नभएको बताएका छन् ।

‘मेरा सहपाठी मित्र कमल थापाले गोबल्सको दुष्प्रचार–सूत्र ‘झुटोलाई सय चोटि दोहोर्‍याएपछि सत्य बन्छ’ को अनुशरण गर्दै पुनः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन् !’ सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापालाई मेन्सन गर्दै डा. भट्टराइले लेखेका छन्, ‘क्रान्तिका अगुवा प्रचण्ड–बाबुरामहरू जिउॅदो छॅदै यस्तो झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’ भएन र ?’ 

यसको जवाफमा राप्रपा अध्यक्ष थापाले प्रचण्ड–बाबुरामले क्रान्तिको भारी बोके पनि उनीहरु मालिक नभएको बताएका छन् । उनले सुरुमा प्रचण्ड–बाबुरामको कुरा सबैले पत्याए पनि पछि सक्कली मालिकले दावा गरेको भन्दै बालहठ नदेखाउन भट्टराईलाई आग्रह गरेका छन् ।

‘क्रान्तिको’भारी’ नेपालमा तपाईंहरूले बोकेर ल्याएको हो । त्यसमा कुनै विरोध छैन । तर, त्यो भारीको मालिक तपाईंहरू होइन, सुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए । अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘तर, जब सक्कली मालिकले भारीको दावी गरेपछि त्यसमा तपाईले बालहठ नदेखाएकै बेश ।’

यो पनि