जेठ ०३, २०८१, बिहीबार
               

देशको नामअघि विशेषण जोड्नु आवश्यक छैन : कमल थापा
'सरकारको निर्णय ठिक छ'

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नामको अगाडि कुनै बिशेषण जोड्नु आवश्यक नभएको बताएका छन् । साथै उनले सरकारको निर्णय ठिक भएको प्रतिक्रिया दिएका छन् ।

असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकबाट देशको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएको थियो । 

सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी भएको थियो । 

कानुन मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्न भनिएको छ ।

यस्तै अङ्ग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनईपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको परिपत्रमा उल्लेख छ । 

यसैब विषयमाअध्यक्ष थापाले भनेको छन्, 'संघियता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि विशेषण जोड्नु आबश्यक थिएन । सरकारको निर्णय ठिक छ ।'

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्, 'नाम अगाडि रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ - ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।'

यसैबीच, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । 

साथै उनले सरकारको उक्त निर्णयको प्रतिवाद गर्न आह्वान समेत गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि