जेठ ०७, २०८१, सोमबार
               

'संघीय गणतन्त्र नेपाल' नलेख्ने सरकारको निर्णयप्रति भट्टराईको यस्तो टिप्पणी
दालमा कालो छ है !

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

साथै उनले सरकारको उक्त निर्णयको प्रतिवाद गर्न आह्वान समेत गरेका छन् ।

११ असोजको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएको खुलासा भएको थियो । 

सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी भएको थियो ।

सोही विषयमा डा. भट्टराईले लेखेका छन्, 'संयुक्त राष्ट्र संघमा देशरराज्यका नाम उनीहरूको संविधानरराज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो । सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो ? यो स्वीकार्य छैन ! दालमा कालो छ है ! सबैले प्रतिवाद गरौं ! खबरदार !!'

कानुन मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्न भनिएको छ । यस्तै अङ्ग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनईपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको परिपत्रमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि