मंसिर ०१, २०८१, शनिबार
               

ओली भन्छन् : कोटेश्वरतिर बुनेका तानाबाना चकनाचुर पारिदिन्छु

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पार्ने बताएका छन्। 

बिहीबार बालुवाटारमा मन्त्रिपरिषद् बैठक चलिरहँदा पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्तालाई संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । 

बिहीबार बालुवाटारमा मन्त्रिपरिषद बैठक चलिरहेकै बेला पेरिसडाँडामा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो, जसलाई प्रधानमन्त्रीले ‘तानाबाना’ को संज्ञा दिएका हुन् ।

सो भेटवार्तामा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले कानुन व्यवसायीहरूसँग कानुनी परामर्श गरेका थिए । यसका अलवा सो भेटवार्तामा राजीनामा नदिने, तर जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले लिन सक्ने निर्णयको विषयमा  पनि छलफल भएको थियो । 

दाहाल नेपालको सो भेट मन्त्रिपरिषद् बैठक सकिएसँगै हुने दाहालको प्रधानमन्त्रीसित हुने भेटमा हुने रणनीति लक्षित पनि थियो ।  

क्याबिनेट सकिएपछि ओली र प्रचण्डको भेट प्रधानमन्त्रीनिवास बालुवाटारमा झण्डै एक घण्टा चल्यो । तर, दुवै अध्यक्ष आ–आफ्नै अडानमा रहेपछि कुनै निष्कर्ष भने केही निक्लिएन । सो भेटमा दुवै नेताले एक अर्कालाई दोषारोपण गरेका थिए  ।

यो पनि