जेठ ०१, २०८१, मंगलबार
               

मोहनप्रसाद पाण्डे प्रतिनिधिसभा सांसद बन्ने

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद केसीको निधनसँगै रिक्त प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे सांसद बन्ने भएका छन् ।

गत मंगलबार केसीको निधन भएसँगै रिक्त भएको सो पदमा केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका हुन् । निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेकाले उनी प्रतिनिधिसभा सदस्य बन्न लागेको कांग्रेसले जानकारी दिएको छ । 

२०७४ को आमनिर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषमध्ये पाँचजना सांसद बनेका थिए । त्यतिबेला पाण्डेको नाम छैठौं नम्बरमा थियो ।

सांसद बन्न लागेका पाण्डे २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका थिए ।  उनी २०४८ सालमा कांग्रेस केन्द्रीय सदस्य बनेका थिए । २५ मंसिर २०१९ सालमा जन्मेका पाण्डेले व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेका छन् ।

यो पनि