जेठ ०८, २०८१, मंगलबार
               

सरकारमाथि चौतर्फी हमला भएको छ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला  गरी सरकारलाई काम गर्न नदिएको बताएका छन् । यसका अलवा उनले नेपाल गम्भीर मोडमा पुगेको पनि बताएका छन् । 

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तो ब्रिफिङ गरेका हुन् । सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा  सोचेजति काम गर्न नसकिएको उनको भनाइ छ । 

‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन । कुनै हालतमा म पछि हट्दिनँ,’ उनले भनेका थिए, ‘पार्टीभित्रबाट असहयोग हुँदा सोचेजति काम गर्न सकिएन । अस्थिरता निम्त्याउने काम मात्रै भयो । जसले मुलुक नै गम्भीर मोडमा पुगेको छ ।’ 

यसअघि ओलीले बुधबार पनि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै आफ्नो राजीनामा मागिएको तर कुनै पनि परिस्थितिमा आफु राजीनामा नदिने बताएका थिए । 

मन्त्रिपरिषद् बैठकमा उनले तपाईंहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ भनी बुधबारकै प्रसंग दोहोर्‍याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफूले कुनै पनि हालतमा राजीनामा दिने पक्षमा आफू नरहेको बताएका थिए । उनले बुधबारको एक कार्यक्रममा भनेका थिए, ‘ राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍या एर भनेको छु, फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

बिहीबारको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीकै ब्रिफिङमा बितेको सहभागी एक मन्त्रीले नेपाल फ्ल्यासलाई बताएका छन् । उनले भने, ‘खासै त्यस्ता केही निर्णयहरु त भएनन् तर प्रधानमन्त्रीज्यूले समसामयिक विषयहरुमा आफ्ना कुराहरु राख्नुभयो । खासगरी उहाँले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भनेर ब्रिफिङ गर्नुभयो ।’

यो पनि