जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्री ओलीको प्रश्न- 'के अहिले मैले राजीनामा दिन मिल्छ ?'

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले तत्काल पदबाट राजीनामा नदिने बताएका छन् ।

मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन समारोहमा आज (बुधबार) सम्बोधन गर्दै ओलीले आफूले अहिले पदबाट राजीनामा दिए देश बरबादीतर्फ धकेलिने टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बरबादीतर्फ लैजानु हो । के अहिले मैले राजीनामा दिन हुन्छ ? के अहिले मैले राजीनामा दिन मिल्छ ? देशका लागि पनि  म राजीनामा दिनेवाला छैन ।’

उनले आफूलाई हटाउन भित्रबाहिरबाट विभिन्न चलखेल भइरहेको बताए । उनले भने, ‘अस्थिरतातर्फ धकेल्ने प्रयासको कुलतमा लागेकाहरुले आलोचना गरिरहेका छन् ।’

ओलीले आफू रहरले नभएर जनताको विश्वासले प्रधानमन्त्री बनेको बताए । 

उनले भने, ‘म यस ठाउँमा आएको रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । जालझेल र तिकडमबाट होइन ।’

उनले सरकार परिवर्तन हुन्छ भनेर शंका नगर्न पनि आग्रह गरे । ओलीले सरकारले स्थिरताका लागि र जनताको जीवनमा परिवर्तन ल्याउन काम गरिरहेको पनि बताए । 

ओलीले अर्को प्रसंगमा कोरोना भाइरसविरुद्धको लडाइँमा पनि विजय प्राप्त गर्ने दाबी गरे ।


कस्तो लाग्यो ?

यो पनि