काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौंलाई फिर्ता जान भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन भएको छ ।
प्रदर्शनमा केही दर्जन मानिस सहभागी भएका थिए । प्रदर्शन भने २१ दलीय मोर्चाले गरेको थियो ।
नरवाणे आज बुधबार भारतीय वायुसेनाको विमानमार्फत काठमाडौं आएका हुन् । विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका थिए । उनलाई विशेष सुरक्षासहित सोल्टी होटलमा लगिएको छ ।