जेठ ०६, २०८१, आइतबार
               

भारतीय राजदूत क्वात्रा र परराष्ट्रसचिव पौड्यालबीच भेटघाट

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र परराष्ट्रसचिव भरतराज पौड्यालबीच भेटघाट भएको छ ।  भारतीय प्रधान सेनापति काठमाडौं आउनुपूर्व बुधबार उनीहरुबीच भेटघाट भएको हो । 

भारतीय राजदूत क्वात्राले भेटवार्ताबारेमा नेपाली भाषामा ट्विट गर्दै परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भएको बताएका छन् । उनले गरेको सो ट्विटमा भनिएको छ, ‘हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’

राजदूत क्वात्राले परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा पौड्याललाई बधाई दिएका छन् । २२ असोजमा बसेको मन्त्रिपरिषद बैठकले पौड्याललाई परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि