जेठ ०६, २०८१, आइतबार
               

सरकारी निर्देशनको विरोधस्वरुप बुधबार खुलामञ्चमा खाना खुवाउने साझाको घोषणा

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा पार्टीले काठमाडौं महानगरपालिकाले खुलामञ्चमा विपन्नलाई खाना खुवाउन रोक लगाउन दिएको निर्देशनको विरोधमा बुधबार बिहान र बेलुका खाना खुवाउने घोषणा गरेको छ । 

सो पार्टीले एक विज्ञप्ति जारी गर्दै  बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाउने जानकारी दिएको हो ।  साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले खानाको खर्च बेहोर्ने सो विज्ञप्तिमा उल्लेख छ ।

यसका अलवा साझ पार्टीले शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले’ भनी सरकारलाई चुनौती पनि दिएको छ।  

त्यसैगरी, साझा पार्टीले महानगरपालिकालाई आफ्नो निर्णय सच्याउन पनि आग्रह गरेको छ । ‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्,’ सो विज्ञप्तिमा उल्लेख छ । 

काठमाडौं महानगरपालिकाले आफ्नो बेइजेत भएको भन्दै सोमबार खुलामञ्चमा खाना खुवाउनेहरुलाई अवरोध गरेको थियो । जसको व्यापक आलोचना भएको छ । मंगलबार पनि सरकारको निर्दशनलाई बेवास्था गर्दै खुलामञ्चमा खाना खुवाइएको छ । 

यो पनि