जेठ ०५, २०८१, शनिबार
               

संघीय संसद सचिवालयलाई पत्र लेखेर भीम रावलले भने : दसैँ खर्चबापत मेरो खातामा आएको रकम फिर्ता गरियोस्

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले आफूलाई दिइएको दसैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् ।

आइतबार बिहानै ट्विटमार्फत् आफ्नो खाताबाट दसैँ खर्चबापत् प्राप्त रकम फिर्ता गर्न आह्वान गरेका उनले आइतबारै संसदका महासचिवलाई पत्र पठाउँदै दसैं भत्ता फिर्ता गर्ने व्यवस्था गर्न आग्रह गर्दै पत्र पठाएका हुन् ।

कोरोना महामारीका बेला सांसदहरूले दसैं भत्ता लिन नहुने रावलको भनाइ छ। यसका अलवा उनले खाताबाट पैसा फिर्ता लैजान असहज भए चेक काटिदिने बताएका छन् ।

यो पनि