जेठ ०७, २०८१, सोमबार
               

जनताले ‘प्रहरी मेरो साथी’ भन्ने कुरा अनुभूति गर्न पाउनुपर्छ : मुख्यमन्त्री राउत

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘प्रहरी मेरो साथी’ हो भन्ने कुरा जनताले अनुभूति गर्न सक्नुपर्ने बताएका छन् ।

६५औं प्रहरी दिवसको अवसरमा प्रदेश- २ प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्  । ‘प्रहरी मेरो साथी हो भन्ने कुरा प्रहरीको व्यबहार र चरित्रमा देखिनुपर्छ,’ मुख्यमन्त्री राउतले भने ।

प्रदेशमा पछिल्लो समय आपराधिक घट्ना वृद्धि भएको बताउँदै  उनले पीडितले न्याय पाउन ढिलो भइरहेको बताए । जसका कारण अपराधीको मनोबल बढ्दै गएको उनको भनाइ थियो । 

‘महिला हिंसा, महिला तथा बालिका बलात्कार बढेको छ । दलितमाथिको हिंसा पनि बढेको छ,’ मुख्यमन्त्री राउतले भने, ‘प्रहरी थुनाभित्रै पनि दलितको मृत्यु हुन थालेको छ । यसले प्रहरी मेरो साथीको अनुभूति जनताले गर्न सकिरहेका छैनन् ।’

त्यसैगरी, उनले बजारबाट सामान नियन्त्रणमा लिएर पनि सीमाबाट नियन्त्रणमा लिएको घटनाबारे आफूले बुझेको बताउँदै  उनले  यस्तो नगर्नसमेत निर्देशन दिए । ‘म कुनै पनि तस्करलाई उन्मुक्ति दिनुस् भन्दिनँ,’ मुख्यमन्त्री राउनतले भने, ‘तर आग्रह, पूर्वाग्रहभन्दा माथि आएर आफ्ना व्यबहार परिवर्तन गर्नु जरुरी छ ।’

यसका अलवा उनले  समाजमा अपराध बढ्दै गएपछि अपराधीलाई बचाउने ठूलाबडाहरु मतियारको रुपमा देखा पर्न थालेको बताए ।

यो पनि