जेठ ०५, २०८१, शनिबार
               

विप्लव समूहलाई निस्तेज पार्न मन्त्रालयबाट उचित सहयोग उपलब्ध हुनेछ : गृहमन्त्री थापा

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरी दिवसको अवसरमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीलाई प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न निर्देशन दिएका छन् । प्रहरी दिवसको अवसरमा आयोजित नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा मन्त्री थापाले यस्तो नेपाल प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् । 

उनले भने, ‘विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसननमा कतै पनि सम्झौता गर्नू,’  ‘संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक, अधिकार निर्भीकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोसिस गरिरहेका छन् ।

त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता गर्ने छैन भन्ने मेरो विश्वास छ ।’ यसका अलवा उनले विप्लव समूहलाई निस्तेज पार्न  अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनाबद्ध तरिकाले अघि बढ्न पनि उनले निर्देशन दिएका छन् । उनले भने, ‘त्यसका लागि मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध हुनेछ ।’

यो पनि