जेठ ०५, २०८१, शनिबार
               

कर्णालीमा अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेलको समूह र नेकपा अध्यक्ष पुष्पकमल प्रचण्डबीच भेटवार्ता भएको हो । 

मुख्यमन्त्री शाहीको टोलीले प्रचण्ड,माधव कुमार नेपाललगायतसँग भेट गरेकै भोलिपल्ट सो टोली प्रचण्डनिवास भेटका लागि गएको हो ।सो भेटमा प्रचण्डले कर्णालीमा भएको विवादबारे ब्रिफिङ लिएका छन् । प्रचण्डलाई भेट्न खुमलटार कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह पुगेका थिए ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावले राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने भएपछि केन्द्रकै निर्देशनमा दुवै पक्ष काठमाडौै आएका हुन् । मुख्यमन्त्री शाही पक्षका नेताहरु बुधबार नै काठमाडौं आएका थिए भने कँडेल पक्षका नेताहरु बिहीबार आएका हुन् ।

तर, दुवै समूहलाई एकैठाउँ राखेर छलफल गर्नेबारे केही टुंगिएको छैन । बिहीबार मन्त्रिपरिषद् पुनर्गठनका कारण प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले भेटवार्ता गर्न नपाएको बालुवाटार स्रोतले जनाएको छ ।

कर्णाली प्रदेश प्रमुख शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर, सो विवाद केन्द्रकै निर्देशनबमोजिम अहिले लगभग सल्टिएको छ । माधवकुमार नेपाल खेमाका तीन सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीले सहमति गरेका छन् भने सचेतक नियुक्त गरिसकेका छन् । तर, कँडेलले भने अविश्वासको प्रस्ताव फिर्ता भइनसकेको बताउँदै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि