बैशाख २१, २०८१, शुक्रबार
               

मैले पाएको जिम्मेवारी सम्भवत: नेपालकै नौलो अभ्यास हो : ईश्वर पोखरेल

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले नयाँ जिम्मेवारी  पाएको बताएका छन् । 

रक्षा मन्त्रालयबाट बिदाइ भई प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहण गरेसँगै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । सो जिम्मेवारी सम्हालेसँगै उनले भने, ‘ नयाँ अभ्यास अमूर्त हुँदैन । मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको मलाई थाहा छैन । संभवतः  यो नेपालको मन्त्रिपरिषदमा नौलो अभ्यास हो ।’

सो अवसरमा उनले औपचारिकता निर्वाह गर्नु मात्र नभएर संरचनामै परिवर्तन ल्याउन आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएको उनको भनाइ थियो । 

सो कार्यक्रममा उनले अब लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायत हेर्ने बताए । ‘गन्थन र गुनासोमा मात्रै अल्मलनु हुन्न । अमूर्त कुरा गर्ने मात्रै होइन, स्टक्चरमै देखिने गरी काम गर्नुपर्छ । म त्यसैका लागि यहाँ आएको हुँ,’ उनले भने ।  


कस्तो लाग्यो ?

यो पनि