बैशाख २०, २०८१, बिहीबार
               

रक्षा मन्त्रालयले ईश्वर पोखरेललाई गर्‍यो बिदाइ

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेलको जिम्मेवारी रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारेसँगै रक्षा मन्त्रालयबाट बिदाइ भएका पोखरेलले बिहीबार सो पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणअघि उपप्रधानमन्त्री पोखरेललाई रक्षा मन्त्रालयले विदाइ गरेको थियो । उनी प्रधानमन्त्रीका निकै विश्वासिला पात्र मानिन्छन् ।  यसअघि   पटक-पटक विदेशमा रहँदा उनले कार्यभार प्रधानमन्त्रीको जिम्मेवार सम्हाल्दै आएका थिए ।तर, पछिल्लो समय उनी ओम्नी समूह  र ससुराकाण्डसँगै निकै आलोचित हुँदै आएका छन् ।

यो पनि