जेठ ०६, २०८१, आइतबार
               

भारतीय सेनाध्यक्ष नेपाल आउँदै

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

चीनको इशारामा नेपालले लिपुलेक भूमि आफ्नो नक्सामा पारेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने तय भएको छ । यसअघि नै भारतीय स्थल सेनाध्यक्ष नरावणे नेपाल आउने तालिका तय भए पनि कोरोना महामारीका कारण रद्ध भएको थियो । यसअघिको पूर्वनिर्धारित कार्यक्रम रद्ध भएपछि स्थल सेनाध्यक्ष नरावणेको भ्रमणको पुनः नयाँ मिति तय भएको हो । 

स्थल सेनाध्यक्ष नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेना प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाल फ्ल्याससंग भने ‘उहाँको भ्रमण तय भएको छ, तर मिति भने घोषणा गरिसकिएको छैन, दुई पक्षबिच सरसल्लाह गरेर छिट्टै मिति तय गर्नेछौँ ।’

भ्रमणका अवसरमा भारतीय सेनाध्यक्ष नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । 

दुई देशबिचको सीमा विवाद र तिक्तता हुँदै गर्दा भारतीय सेनाध्यक्षको नेपाल भ्रमणले वार्ता तथा संवादको वातावरण बनाउने सुरक्षा मामिलाका विज्ञहरू बताउँछन् । यसअघि दुई देशबिचको असमझदारीमा उनले विवादित वक्तव्य दिएपछि नेपाली सेना र भारतीय सेनाबिच कायम संवाद र विशेष सम्बन्धलाई पनि अप्ठेरोमा पार्न सक्ने खतरा ल्याएको थियो । तर पछि उनले आफ्नो भनाइलाई केही संशोधन गरेका थिए ।

नेपाली सेनाका एकजना अवकाशप्राप्त उच्च अधिकारी भन्छन् ‘सरकारको तहमा सम्बन्ध सुधार नहुँदै, सेनाको तहमा पनि सम्बन्ध राम्रो र सेना प्रमुखको नेपाल भ्रमण अर्थपूर्ण छ । यसको सीमाको विषयमा वार्ताको वातावरण बनाउन मद्धत गर्छ ।’

को हुन् सेनाध्यक्ष नरावणे ?

सेना प्रमुख जनरल मनोज मुकुन्द नरावणे भारतको २८ औँ सेना प्रमुख हुन् । उनी भारत स्वतन्त्र भएपछिको  २८ औँ सेना प्रमुख बनेका हुन् । निवर्तमान सेना प्रमुख विपिन राउतले तीन वर्षे सेवा अवधिबाट गत डिसेम्बर ३१ मा अवकाश पाएपछि उनी सेना प्रमुख बनेका हुन् । सन् २०१९ को सेप्टेम्बरमा भारतीय सेनाका उपप्रमुखमा नियुक्त हुनुअघि उनले भारतको पूर्वी कमान्डको जिम्मेवारी सम्हालेका थिए ।

भारतको १ दशमलव ३ मिलियन सेना रहेको दाबी गर्दै आएको छ । सेनामा ३७ वर्ष लामो समयदेखि काम गर्दै आएका नरावणे यसअघि पूर्वोत्तर भारत र जम्मु तथा काश्मीर क्षेत्रमा खटिएका थिए ।

उनले श्रीलङ्कामा भारतीय पिस किपिङ फोर्समा सहभागिता जनाउनुका साथै म्यानमारको भारतीय दूतावासमा तीन वर्ष डिफेन्स एट्याचीक रुपासमेत काम गरिसकेका छन् । उनी सेनाध्यक्ष जस्तो सवेदनशिल संस्थाको नेतृत्वमा रहे पनि कूटनीतिक आचरण विपरीत अभिव्यक्ति दिँदैआएपनि विवादमा तानिदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि