जेठ ०५, २०८१, शनिबार
               

महिलामाथि हुने हिंसामा संलग्नलाई कडा कारबाहीको माग

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्तरपार्टी महिला सञ्जालले महिलामाथि हुने हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराध घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । 

सो सञ्जालले फाष्ट ट्रयाक अदालत संयन्त्र खडा गरी लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मर्म तथा विधि पद्धतिको सुशासनका लागि दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गरेको हो । 

सञ्जालका अध्यक्ष सावित्रा भुसालसहितको टोलीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासमक्ष सो माग राखेको छ ।

सञ्जालले  सभापति श्रेष्ठ र गृहमन्त्री थापाले महिलामाथि जघन्य प्रकारका मानवअधिकार हननका घटनालाई रोक्नका लागि आवश्यक कानुन निर्माण, विद्यमान कानुन संशोधन गर्न सुझाव दिएको छ। 

यो पनि