जेठ ०३, २०८१, बिहीबार
               

संघीयता अवश्यक छैन भन्ने प्रमाणित भइसक्यो, प्रदेश खारेज गरौँ : थापा

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता आवश्यक छैन भन्ने कुरा पाँच वर्षे अनुभवबाट प्रमाणित भइसकेको बताएका छन् ।

उनले केन्द्र र स्थानीय तहलाई कायम राखेर प्रदेश तह खारेज गर्न माग समेत गरेका छन् ।

प्रदेश ५ को नामकरण र स्थायी राजधानीका विषयमा भएको गतिविधिलाई लिएर उनले उनले यस्तो बताएका हुन् ।

अध्यक्ष थापाले प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय रहेको बताए ।

मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘प्रदेश ५ प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ’, उनले अगाडि लेखेका छन्, ‘यो घटनाको कारणले मात्र होइन, संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्यक छैन भन्ने प्रमाणित भएको छ । केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गरौँ।’

प्रदेशको स्थायी राजधानी दाङ राख्ने प्रस्तावको विपक्षमा रहेका कांग्रेस संसदहरुले प्रदेशसभामा कुर्सी तोडफोड गरेका थिए भने कानुन मन्त्रीले तोडफोड गर्ने सांसदलाई बाहिर निकाल्न आदेश दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि