असोज ०६, २०८१, आइतबार
               

व्यापक प्रहरी परिचालन हुँदा  प्रदेश-५ संसद भवन घेराउ कार्यक्रम प्रभावित

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

बुटवल । व्यापक प्रहरी परिचालन गर्दा  प्रदेश-५ संसद भवन घेराउ कार्यक्रम प्रभावित भएको छ । 

प्रदेश-५ को प्रदेशसभा भवन घेराउ कार्यक्रम रोक्न प्रहरी परिचालन गरेसँगै आन्दोलनकारीको सो कार्यक्रम प्रभावित भएको हो । प्रदेश- ५को राजधानी दाङको भालुवाङमा बनाउने सरकारको निर्णयसँगै बुटवलमा नै राजधानी बनाउनुपर्छ भन्दै आन्दोलनकारी प्रदर्शनमा उत्रिएका छन् । 

विरोधको कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउनुका साथै सडकमा प्रदर्शन गर्ने कार्यक्रम छन् । 

बुटवललाई नै स्थायी राजधानी कायम गर्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनमा  विभिन्न संघ–संस्थाहरुको सहभागिता रहेको छ ।

सरकारले सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरेको हो । प्रहरी परिचालन गरी प्रदेश ५ सरकारले संसद भवन जाने बाटो नै बन्द हुने गरी प्रहरी परिचालन गरेको छ ।

यो पनि