कात्तिक ३०, २०८१, शुक्रबार
               

प्रदेश-५ को राजधानीको विषयलाई लिएर नेकपाका सांसदले दिए पदबाट राजीनामा

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

बुटवल । प्रदेश-५ सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रेदेशको राजधानीको विषयलाई लिएर पदबाट राजीनामा दिएका छन् । 

प्रदेश सभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिका संयोजकसमेत रहेका उनले दाङको देउखुरी क्षेत्रमा प्रदेश-५ को स्थायी राजधानी तोक्ने प्रदेश सरकारको निर्णयसँगै सो पदबाट राजीनामा दिएका हुन् । 

उनी नेकपाको तर्फबाट रुपन्देहीबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद  हुन् । नेकपा संसदीय दलमा राजधानी सार्ने विषयमा फरक मत राख्दै आएका उनले सोमबार मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका हुन् । जसका कारण नेकपामा प्रदेश राजधानीको विषयले विवाद सुरु गरेको छ ।

प्रदेशको राजधानीको विवादकै कारण सो प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमाथि ढुङ्गामुढाका अलवा उनीमाथि हमला भएकाो छ । जसका कारण प्रहरीले हवाई फायरिङसमेत गर्नुपरेको थियो । ढुङ्गा लागेर मुख्यमन्त्रीको गाडीको सिसा फुटेको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने निर्णयको विरोध गर्दै आइतबार नेपाली कांग्रेसले बुटवलमा बन्दको घोषणा गर्दै नेपाली कांग्रेससहित स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

यस्तै, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाँणले सोमबार एक विज्ञप्ति निकाले र प्रदेश राजधानी सार्ने सरकारको निर्णयविरुद्ध एक भई अघि बढ्न आह्वान गरेका छन् । 

यो पनि