मंसिर ०१, २०८१, शनिबार
               

प्रदेश राजधानी दाङ सार्ने विषयलाई लिएर रुपन्देही कांग्रेसद्वारा आन्दोलन घोषणा

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

दाङ । प्रदेश-५ को राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन घोषणा गरेको छ ।

प्रदेशसभामा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएको छ र, १९ गते त्यसमाथि छलफल गर्ने तयारी भइरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शनिबार बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको हो । 

जसका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नारा नै तय गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि