जेठ ०५, २०८१, शनिबार
               

बाबुराम, मोहनविक्रम र विप्लवलाई मूलधारमा फर्किन प्रचण्डको आग्रह

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमा आउन आग्रह गरेका छन् ।  

राजधानीमा आयोजित कार्यक्रममा चिनियाँ एक नेताको भनाइ यद्धृत गर्दै विगतमा आफूसँग भएका, तर हाल छुट्टिएर गएका नेताहरुलाई उनले यस्तो आग्रह गरेका हुन् । 

ती नेताको भनाइसँग उनले आफ्नो जोड्दै कम्युनिष्टहरू एकै पार्टीमा बसेर बहस गर्ने गर्ने गरेको बताए । 

‘छलफल संघर्ष रुपान्तर र नयाँपन पार्टीमा चलिरहन्छ,' अध्यक्ष दाहालले भने, ‘चीनका नेताले भन्थे, तिमी बुर्जुवाहरु टुक्राटुक्रा हुँदा पनि हामी कम्युनिष्ट एकै छौँ। नेपालमा कम्युनिष्ट आन्दोलन विभाजन भएर हामीले दुःख पाएका हौँ।'

यसका अलवा उनले कम्युनिष्ट विभाजित भएकै कारण समस्या उब्जिएको बताए । 'हामी विभाजित भएकैले समस्या भयो', उनले भने, 'कम्युनिष्ट फुटेकैले कांग्रेसले सरकार चलायो। सजिलै दुईतिहाइ आइहाल्छ भनेर सोच्नु मनोगत थियो, एकतामा त्यति ठूलो तागत हुने रहेछ। कम्युनिष्ट एकताको तागत हामीले विश्‍वलाई देखाइसकेका छौं।'

'अरु जनमत पनि आफूसँग जोडिन आएको बताउँदै उनले किरणजी र बाबुराम र विप्लवलाई मूल धारमा आउनुपर्ने बताउँदै  विगतका विवाद हामी सँगै बसेर मिलाउने बताए । 

यो पनि