कात्तिक ०६, २०८१, मंगलबार
               

मुख्यसचिव रेग्मीद्वारा राजीनामा, बालुवाटारमा मन्त्रिपरिषद बैठक

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले अवकास हुनुअघि नै राजीनामा दिएका छन् । 

आज (बिहीबार) रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । 

आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर अधिकारी मध्येबाट एक जना मुख्यसचिव बन्नेछन् ।

यसैबीच, अहिले बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । आजको वैठकले नयाँ मुख्य सचिव नियुक्त गर्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि