जेठ ०६, २०८१, आइतबार
               

१३२ दलमध्ये ५४ दलले मात्र आव २०७५/७६ को आयव्याय बुझाए

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आर्थिक वर्ष २०७५/७६को आयव्याय कुल १३२ दलमध्ये ५४ दलले मात्र बुझाएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये  ५४ दलले मात्र आयव्याय विवरण बुझाएका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र आयव्यय विवरण आयोगमा बुझाइ सो विवरण एक महिनापछि जनतामाझ सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर, आझसम्म ७८ राजनीतिक दलले सो विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् । 

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका ठूला दलले भने आव ०७५/७६ को आयव्यय विवरण समयमै बुझाएका छन् ।

तीन वर्षसम्म लगातार आयव्यय विवरण नबुझाए ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि